रम्जान समर्पण
काठमाडौ। प्रतिनिधि सभाको बिकास समितिले सिहंदरबार भित्रको संसद भवन भत्काउन निर्देशन दिएको छ ।
गत २०७२ मा गएको बिनाशकारी भुकम्पले जिर्ण बनाएको उक्त भवनको पुनः निर्माण गर्न नसकिने प्राबिधिकरणले बताए पछि यस्तो निर्णय गरिएको हो । २०१५ सालको पहिलो संसद देखि संबिधान सभाको पहिलो निर्वाचन अघि सम्म यो भवनमा बैठक बसेको थियो ।
उक्त जिर्ण भवनका कारण आसपासका अन्य भवनलाई समेत असर पर्ने हुनाले यसलाई भत्काउन निर्देशन दिइएको हो । समितिले सोही स्थानमा पुरानै शैलीमा पुनः भवन बनाउन पनि निर्देशन दिएको छ ।
हाल उक्त भवन प्लास्टिक ले छोपेर राखिएको अवस्था छ ।