–वसन्त अनुभव –
दाङ्ग जिल्लाको राप्ती गाउँपालिका वडा न.१ भालुबाङ्ग, पुल्चोकमा अवस्थित श्री स्वर्गद्वारी तथा महिला गृहिणी प्राथमिक विद्यालयले छात्र शिक्षकलाई आज बिदाई गरेको छ । उक्त विद्यालयमा करिब १ महिना पहिले शैक्षिक अभ्यासमा आएका सहभागिलाई विदाई गरिएको हो।
शिक्षा जीवन पर्यन्त चलिरहने प्रक्रिया हो। ज्ञान आर्जन गर्नु भनेको सफल जिवनको आधार हो । सोही कारण शिक्षा निकै महत्त्वपुर्ण छ ।
एक महिनाको अभ्यासमा मूनलाइट उच्च माध्यमिक विद्यालयका सम्पुर्ण छात्र शिक्षकहरुले भाग लिई आफुले शैक्षिक अभ्यासमा सिक्नु र सिकाउनु पर्ने कुराहररु शैक्षिक अभ्यासका मार्फत मौका दिएकोमा धन्यवाद प्रकट गरेका थिए ।
नमूना विद्यालयको रुपमा परिचित श्री स्वर्गद्वारी तथा महिला गृहिणी प्राथमिक विद्यालयमा विद्यालयमा सम्पूर्ण कर्मचारी तथा शिक्षक महिला रहेका छन् ।
देशभर नै निकै कम रहेका गृहिणी विद्यालय दाङ्ग जिल्लामा एक मात्र विद्यालय स्थापित छ । अध्यक्ष श्री महेश रिजाल र प्राधानध्यायापक सबिता चौधरीको नेतृत्वमा रहेको यस विद्यालय वि.स. २०६३ सालदेखि निरन्तर रुपमा प्राथमिक तहसम्म र २०६७ सालदेखि गृहिणी महिलालाई शिक्षा प्रदान गर्दै आइरहेको छ ।
सोसल मिडियामा शेयर