शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई वड़ा अध्यक्षको अध्यक्षतामा कम्बल बितरण

  • १ माघ २०७६, बुधबार १५:२४ मा प्रकाशित
  • उमेश कुशवाहा
    बिरगंज,माघ-०१

    केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा,बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै गईरहेको छ। बाक्लो कुहीरो र सितलहरले बाजारमा मानिसको आवत जावत तथा ब्यापारीहरुको छाप पनि धेरै कम मात्रामा देखिन थालेको छ।

    शितलहरले स्थानीय प्रभावित हुन थालेपछी वड़ा अध्यक्षको अध्यक्षतामा जाडो बाट बच्न राहत पुर्याएको छ ।

    बिरगंज महानागरपालिका वड़ा न.२५ ले आज एक समरोहन बीच कम्बल बितरण गरेको छ।

    बिरगंज महानगरपालिका वड़ा-२५ श्रीसिया खलवा टोलमा शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई १\१ थान कम्बल वड़ा अध्यक्ष विसराज राउत कुर्मीको अध्यक्षतामा १२० जना लाई १२० थान बितरण गरिएको छ।

    वड़ासदस्यहरु बैजन्ती माला,जागो देबी, वड़ा सचिव ( अधकृत छैठो तह) शम्भू प्रसाद र ना.सु. भिखारी रॉय यादव लगायत स्थानीय बृद्धिजीबी तथा भद्रभलादमीहरुको समेत सहभागिता रहेको थियो।

    वड़ा सचिव (अधिकृत छैठो) शम्भू प्रसादले जानकारी गराउनु भयो।

    Leave a Reply