
–वसन्त अनुभव-
नेपाल रेडक्रस सोसाइटी, दाङ शान्तिनगर उपशाखाको प्रथम अधिवेशन तथा साधारण सभा आज दाङ शान्तिनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन शान्तिनगर गाउँपालिकाका जेष्ठ नागरिक मंचका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी पुरुषोत्तम रिजालले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम सप्पन्न पश्चात् भएको बन्दसत्रले बिमल के.सी.को सभापतित्वमा ११ सदस्यीय एक समिति चयन गरेको छ । जसको उप-सभापतिमा लक्ष्मी भण्डारी, सचिबमा तेजबहादुर बि.क., कोषाध्यक्षमा केशव योगी, उप-सचिबमा खुमराज राणा, उप-कोषाध्यक्षमा बालकृष्ण वली र सदस्यहरुमा हरि कुमार के.सी., रेणु थापा, मेनका ठाडा, मिन बहादुर के.सी. र राम बहादुर के.सी. रहनु भएको छ ।