विद्युतिय हाजिरी गर्दै विद्यालयका शिक्षक तथा कर्मचारी

  • ८ माघ २०७६, बुधबार ००:२७ मा प्रकाशित
    • घोराही, ७ माघ / विद्यालयमा शिक्षक तथा कर्मचारीहरु अनुपस्थित रहने, समयमा नआउने र आए पनि पूरा समय नबस्ने गर्छन भन्ने जनगुनासोलाई चिर्न र विद्यालयलाई प्रविधिमैत्री गराउने ध्येयले शिक्षक तथा कर्मचारीहरुले हाजिर गर्नका लागि घोराही उपमहानगरपालिका वडा नं. १७ ले विद्युतीय हाजिरी मेसिन उपलब्ध गराएको छ ।

    वडा कार्यालयले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट शिर्षक मार्फत वडाका ५ वटा विद्यालयलाई विद्युतीय हाजिरी उपलब्ध गराएको जानकारी दिएको छ ।
    हाजिरी रजिष्टरमा हाजिरी गर्दै आएका शिक्षक कर्मचारीहरुले विद्यालय आएको समयमा र फर्केको समयमा गरि दैनिक २ पटक विद्युतिय हाजिरी गर्नुपर्नेछ । हाजिरी रजिष्टरमा जस्तो समय मिलाएर हाजिरी जनाउन नमिल्ने हुन्छ ।

    एक कार्यक्रमको आयोजना गरि घोराही उप-महानगरपलिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले आजै गोरक्ष रत्ननाथ मावि चौघेरालाई उक्त हाजिरी मेसिन हस्तान्तरण गर्दै सबैले आ-आफ्नो जिम्मेवारी पुरा गरेर मात्रै तोकिएका लक्ष्यहरु पुरा गर्न सकिन्छ भन्नुभयो ।

    उहाँले शैक्षिक सुधार विना अन्य विकासहरु सहज नहुने भएकोले शिक्षकहरुले आफ्नो भूमिका, जिम्मेवारी र कर्तव्यलाई भूल्न नहुने भन्नुभयो । साथै उहाँले बढ्दो सूचना र प्रबिधीको अधिकतम उपभोग गर्दै शैक्षिक र सामाजिक सुधार ल्याउन उपमहानगर लागि परेको समेत जानकारी दिनुभयो ।

    अभिभावकको मन जित्ने गरि सामुदायिक विद्यालयको शिक्षण सिकाईमा सुधार गरि गुणस्तरीय शिक्षा दिनु पर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष खुसीराम चौधरीले शिक्षकहरुको विद्यालयमा समयमै उपस्थिती गराउन, पूरा अवधी बस्ने बनाउन र जिम्मेवारी बोध गराउन विद्युतीय हाजिरी जडान गरेको बताउनु भयो । सोही वडाका वडा सदस्य तुलप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण तेजकुमार शर्माले गर्नुभएको थियो ।

    Leave a Reply