सिरहा । सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालाका एक जना शिक्षक प्रहरीको फन्दामा परेको छन् । गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीको कुटपिटको कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएपछि शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षक कार्किलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । कार्कीलाई विद्यार्थी रितिकले हात काटिएकोले गृहकार्य गर्न सकिन भन्दा भन्दै पनि कुटपिट गरेको बताए ।
उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन । शिक्षकलाई पनि यही कुरा भनें । तर उहाँले सबैैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हाने, मेरो हात भाँचियो ।’
कुटपिटबाट यादवको हात भाँच्चिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनको ठूलोबुवा देवकुमार यादवले बताए ।
घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले केही भन्ने ठाउँ नै नरहेको बताए ।
शिक्षक कार्कीले पनि आफूले विद्यार्थीलाई तर्साउन कुटेको स्वीकार गरे । उनले इलाका प्रहरी कार्यालयमा भएको छलफलमा रितिकलाई किन गृहकार्य नगरेको भन्दै पछाडि फर्कन भन्दा अटेर गरेपछि हातपकडर तान्दा भाँचिन पुगेको स्वीकार गरे ।
घटनाको दुई दिनपछि जिल्लाका निजी विदालय एसोसियसन नेपाल (एनप्यापस्न) का प्रतिनिधि, परिवारका सदस्यहरु सहित बसेर घटनालाई ढाकछोप गरी मुद्दा हलुको बनाउने कोसिश भइरहेको स्रोतले जनाएको छ ।