–वसन्त अनुभव-
विजौरी,दाङ १ माघ / प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङको आयोजनामा आज विजौरीमा राष्ट्रिय एकता : योगको सान्दर्भिकता भन्ने मुल नाराका साथ पाँचौ राष्ट्रिय योग दिवस, २०७६ भव्यताका साथ मनाईयो । विहानै ७ बजे शुरु गर्ने भनिएता पनि करिब ७:३० बजेदेखि शुरु भएको कार्यक्रममा ब्यानर र प्लेकार्ड सहितको र्यालीले योग सम्बन्धि नारा लगाउदै प्रभातफेरी सम्पन्न गरेको थियो । प्रभातफेरी पश्चात् आयोजित अन्तर्कृया कार्यक्रमको प्रदेश नं.५ का सांसद अमर बहादुर डाँगीले तुलसीको बोट सहितको गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रदेश सांसद डाँगीले जबसम्म हामिले हाम्रो मनलाई नियन्त्रण गर्न सक्दैनौं तबसम्म हामीले केही उपलब्धि हासिल गर्न सक्दैनौं । मनलाई नियन्त्रण गर्न नसक्दा विभिन्न अप्रिय घटनाहरु घट्ने गरेको पाईन्छ । योगका माध्यमबाट मात्र मनलाई स्थिर राख्न सकिन्छ भन्नुभयो । साथै उहाँले आफ्नो बारी बाझो राखेर विदेशी सिन्की किनेर खानथालेको दृष्टान्त दिदै हामीमा श्रम गर्ने बानिको लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङका रजिस्ट्रार माधव अधिकारीले विश्वविद्यालयले योग शिक्षा धेरै पहिलेदेखि संचालन गर्दै आएको अबदेखि माथिल्लो तहमा समेत पाठ्यक्रम निर्माण गरि सन्चालन गर्ने तयारी गरेको बताउनु भयो । सरकारले कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा योग शिक्षा राखेपनी संस्कृत हटाएकाले अलि चुनौती भएको बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष माधव वलीले मन्तब्य दिदै हामिले जे कुरा पनि पतन्जलीको ठिक अरु बेठीक भन्दै पतन्जलीको अन्धभक्त बनेको गुनासो व्यक्त गर्नु भयो । हामीले आफै उत्पादन गरेको धानलाई कौडिको मोलमा बेच्छौ अनि त्यही पैसाले बजारको स्वदेशमा तयार पारेको सस्तो चिउराको साटो पतन्जलिको महँगो चिउरा किनेर खाने गरेको दृष्टान्त दिदै नेपाली पैसा विदेश जादा नेपाली अर्थतन्त्र कमजोर हुँदै गएको बताउनु भयो ।
त्यस्तै प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङका निमित्त प्रमुख डा. रामकामेश्वर ठाकुरले योगको उत्पत्ति पृथ्वीको श्रृष्टिपुर्व नै भएको बताउनु भयो । साथै योग, आयुर्वेद र ब्याकरणको उत्पत्ति संगसँगै भएको, योगले मनको शुद्वी गर्ने, आयुर्वेदले शरीरको शुद्वी गर्ने र व्याकरणले वाक (बोली) को शुद्वी गर्ने गर्दछ भन्नुभयो । साथै उहाँले सवै योगगुरुहरु मिलेर अब नेपालमै मौलिक योग शिक्षाको सुरुवात गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
त्यस्तै चिकित्सालयका पुर्व अध्यक्षद्वय भैरव प्रसाद मजगैया र श्रीधर मजगैया, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वली, दाङ जिल्ला पतन्जली योग समितिका संस्थापक अध्यक्ष देवराज आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश ५ का सांसद अमर बहादुर डाँगी, नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङका रजिस्ट्रार माधव अधिकारी, नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान,बेलझुण्डी दाङका प्राचार्य डा. सुनिल कुमार, तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष माधव वली, प्रादेशिक आयुर्वेद चिकित्सालयका पुर्व अध्यक्षद्वय भैरव प्रसाद मजगैया र श्रीधर मजगैया, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वली, दाङ जिल्ला पतन्जली योग समितिका संस्थापक अध्यक्ष एबं प्रदेश ५ का सल्लाहकार देवराज आचार्य, पतन्जली योग समिति प्रदेश ५ का सल्लाहकार डा. अरुण कुमार श्रेष्ठ, पतन्जली योग समिति प्रदेश ५ का महासचिव घनश्याम अधिकारी, पतन्जली योग समिति दाङ जिल्ला अध्यक्ष उदय बहादुर डाँगी, पतन्जली योग समिति दाङ जिल्ला महामन्त्री दानबहादुर बुढाथोकी, पतन्जली योग समिति दाङ जिल्ला सदस्य दानबहादुर बुढाथोकी, पतन्जली योग समिति दाङ जिल्ला युवा सदस्यद्वय डिल्ली बहादुर के.सी. र बाबुराम रेग्मी, पतन्जली योग समिति १९ नं. नगर अध्यक्ष चित्र ब.खड्का, पतन्जली योग समिति १७ नं. नगर अध्यक्ष शिला भट्टराई, पतन्जली योग समिति विजौरी केन्द्र अध्यक्ष बालकृष्ण रेग्मी, पतन्जली योग समिति लक्षिनपुर केन्द्र अध्यक्ष पदम ब. डाँगी, पतन्जली योग समिति हेमन्तापुर केन्द्र अध्यक्ष लोकेन्द्र वैरागी, पतन्जली योग समिति दुधरास केन्द्र अध्यक्ष लालमणी पौडेल, पतन्जली योग समिति बेलझुण्डी केन्द्र अध्यक्ष कल्पना अर्याल लगायत चिकित्सालयका सम्पुर्ण स्वास्थ्यकर्मी एवं कर्मचारीहरु, बिजौरी केन्द्रका योग साधकहरुको उपस्थिती रहेको थियो ।
नर्सिङ निरीक्षक विमला भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरको अध्यक्षता एबं प्रदेश नं.५ का सभासद अमर बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । कविराज निरीक्षक गिता पोख्रेलले अतिथिहरुलाई माला लगाइदिने र पुष्पगुच्छा दिनु भएको थियो भने कार्यक्रमको संचालन प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङका आयुर्वेद चिकित्सक डा. गोकर्ण दाहालले गर्नुभएको थियोे ।