
काठमाडौं : काठमाडौं स्वयम्भूस्थित ढुंगेधारामा बम विस्फोट भएको छ। बुधबार साँझ ढुंगेधारामा अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीको भनाइ छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोट भएको खबर आएको जानकारी दिए। सुवेदीले आफू घटनास्थलमा जाँदै गरेको बताए।
प्रहरीले अज्ञात समूहले विस्फोट गराएको बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथी आशंंका गरिएको छ । सरकारले विप्लव’ समूहमाथी प्रतिबन्ध लगाएपछि धेरै नेता पक्राउ परेका छन ।साभार अन्नपूर्ण पोस्ट