रम्जान समर्पण
न्युज 24 का सिधा कुरा जनतासँग का कार्यक्रम प्रस्तोता, ३ करोड नेपालीका ढुक्ढुकी रबि लामिछाने को संयोजकमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालको आज ११ माघ २०१७६ का दिन सिलान्यास गरिएको छ ।
समयमा उपचार नपाएर शारीरिक र मानसिक असन्तुलन रहेकी आशा न्यौपाने बालिकाको हातबाट सिलान्यास गरिएको उक्त अस्पताल २७२ दिनमा काम सकाउने गरि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । यदि कुनै कारणबस उक्त समयावधि भित्र नसकिएको खण्डमा निर्माधिन कम्पनीले २७ प्रतिदिनको हिसाबले जरिवाना तिर्नुपर्ने छ ।
कालिकोटको उक्त विकट ठाउँमा समयमै उपचार नपाएर अकालमा ज्यान गुमाएका, सहजै स्वास्थ उपचार पाउन नसकेका र समयमा उपचार गर्न पनि ७-८ घन्टाको बाटो टाढा जानू पर्ने अबस्थालाई मध्यनजर गर्दै यो हस्पिटलको निर्माणलाइ अगाडी बढाइएको छ । यो अस्पतालले कम्तिमा १ लाख जनाले सेवा पाउने बिस्वास गरिएको छ ।
धेरै सहयोगी मनहरुले आर्थिक संकलन गरेर अस्पताल बनाउन लागिएको अबस्थामा धेरै रकम संकलन भएको छ ।
रबि लामिछाने फाउन्डेसन संचालन गरि फन्ड जम्मा गरि बनाउन लागेको उक्त हस्पिटल 15 सैय्याको२ डिजिटल सुबिधा सम्पन्न हुनेछ । ६ करोड २२ लाखमा २७२ दिनमा निर्माणधिन कार्य समापन गरिने अस्पतालमा सि लेभलको ल्याब, जिल्लास्तरीयमा हुने प्राइमरी सल्याकृया, प्रसुती सेवा, इसिजी, भिडियो एक्सरे लगायत एपेन्डिसाइटिसको सल्यक्रिया समेतको स्वास्थ सेवा प्रदान गरिने छ । अस्पताल बन्ने भएपछि स्थानीय बासिन्दाहरु निकै हर्षित रहेका छन ।
उक्त अस्पताल बनाउनका लागि एक चाइनिज हिरोले पनि दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
कार्यक्रममा बोल्दै यो अस्पताल बनाउनका लागि कोही कसैले बाधा अड्चन नगरिदिन र आफुले सकेको सहयोग गरिदिन सम्पुर्ण राजनीतिक र सामाजिक अभियन्ताहरुसित अनुरोध गरेकाछन ।