युवतीले लगाएरै आठ वटा पेन्ट चोर्न खोजेपछि…

  • १४ माघ २०७६, मंगलवार २२:४० मा प्रकाशित
  • एजेन्सी– आजभोलि सामाजिक सन्जालमा एक युवतीको भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा एक युवतीले सोरुममा चोरी गरिरहेको देख्न सकिन्छ । खासमा उनले चोरी गर्नका लागि ८ वटा अन्य जिन्स लगाएकी थिइन् । उनको यो भिडियो अहिले फेसबुक, युट्युबसमेत विभिन्न सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । 


    डेली मेलका अनुसार यो भिडियो भेनेजुएलाको हो । तर, भिडियो चाहिँ पेरुमा निकै भाइरल भएको छ । 

    एउटा फेसबुक एकाउन्टमा सुरुमा राखिएको यो भिडियो ४४ लाखभन्दा धेरैले हेरिसकेका छन् । यो कुनै वासरुममा सुट गरिएको हुनसक्ने अनुमान गरिएको जहाँ एक महिलाले एकपछि अर्को कपडा उतारिरहेकी हुन्छिन् । फरकधारबाट

    Leave a Reply