चितवन, २० पुष । वन मौरीको टोकाईबाट चितवनको रत्ननगरमा एक वृद्धाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको उपचारको क्रममा पुुरानो मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय रत्ननगरले दिएको जानकारी अनुसार थरुनीलाई घरमा बसिरहेको बेला आईतबार दिउसो २ बजेको समयमा आएको हुल मौरीले टोक्दा ज्यान गएको हो ।
थरुनी मौरिको टोकाईबाट घाईते भएको र उपचराको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय रत्ननगरले बताएको छ । न्युज24 बाट