मुसहर्वा प्रहरी चौकी असईको मिलोमातोमा तस्करी

  • १९ पुष २०७६, शनिबार १२:२६ मा प्रकाशित

  • उमेश कुशवाहा, पर्सा पौष १८

    बाराको मुसहर्वा हुदै बिभिन्न समानको तस्करी तीब्र रूपमा दिन प्रति दिन बढ़दै गईरहेको देखिएको छ।

    बाराको बिश्रामपुर गा.पा.मा रहेको मुसहर्वा प्रहरी चौकी को असई मनोज प्रसाद बर्णवालले तस्करीको लाइन खोलेका हुन। दीन्हु त्यस नाकाबाट कुर्ता-सूरवाल,चोहड़ा, कपड़ा लगायत रंगा, (पड़ा,भैसी) कास्मेटिक समान,किराना पसलको समान तस्करी प्रहरी चौकी मुसहर्वाको असई बर्णवालको मिलोमातोमा भइरहेको छ।

    आफ्नो पद र वर्दीको प्रयोग गर्दै पुरै यूनिट र संगठनको बदनाम तथा निर्देशनको खिल्ली उडाउदै आफ्नो पाकेट भर्ने कमाईको रोजगार बनाएका छन।
    यस्तो कार्यले स्थानीय पनि शान्ति सुरक्षाको कमी महसूस गर्न थालेको हुन।

    एक दर्जन भन्दा बढि संख्यामा रहेका अवैध माल समान ओसार पोसार गर्ने तस्करहरु मुसहर्वा नाकाबाट तस्करीको महिनावारी मुसहर्वा प्रहरी चौकीका असई बर्णवाल लाई बुझाउने गरेका छन।

    नेपाल सरकारको राजस्व चोरीमा प्रहरीको पनि संगलता रहेको अश्चर्य जनक जस्तो महसूस हुन थालेको छ। तर
    मुसहर्वा प्रहरी चौकी को असई बर्णवालसीत सोध्दा आफुले त्यस्तो कुनै कार्य नगरेको र आफ्नो संगलता पनि नरहेको दाबी गरेका हुन।

    यदि तस्करीमा संगलता नरहे भने
    जिल्ला प्रहरी कार्यालय बाराले त्यस क्षेत्रबाट तस्करीको समान दिन प्रतिदिन कसरी पक्राउ गरीरहेको छ।

    Leave a Reply