मामाघर हिडेकी यामकुमारी बाटैबाट वेपत्ता भएपछि …….

  • ८ माघ २०७६, बुधबार ०५:३७ मा प्रकाशित
  • याम कुमारी पुन

    दाङ, बिजौरी, ७ माघ / तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी स्थित ममता पाउरोटी उद्योगकी सञ्चालिका यामकुमारी पुन गत पुस २८ गते देखि वेपत्ता भएकी छिन् ।

    हेमन्तपुर मामाको घर जान हिँडेकी यामकुमारी सम्पर्कमा नआएपछि उनको खोजिका लागि उनका श्रीमान् रै बहादुर पुनले प्रहरी तथा सञ्चारकर्मीलाई सहयोगका लागी आग्रह गरेका छन् ।
    श्रीमती पुस २८ गते साँझ पौने सात बजे हेमन्तपुर तर्फ लागेको र अर्को दिन विहान छोरीलाई फोन गरी आफु काठमाण्डौ गएको छोरीसँग फोनमा बताएकी थिइन्, तर मामाघर लगायत अन्य आफन्ती कहाँ पनि सम्पर्क गर्दा उनको विषयमा केही जानकारी नपाएको श्रीमान् पुनले जारी गराएको विज्ञप्तीमा उल्लेख छ ।

    पुनले यसको जानकारी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा समेत गराएका छन् । उनी हराएको भोलिपल्टै दिदीवहिनी तथा मामाघरमा सम्पर्क गर्दा कही पनि नभेटिएकाले खोजतलास गरी पाउँ भनी प्रहरीलाई समेत निवेदन दिएको बताईएको छ । त्यसैगरी ममता पाउरोटी उद्योग उनकै जिम्मामा रहेको अवस्थामा करीव १० लाख रुपैयाँ र गरगहना समेत लगेर यामकुमारी वेपत्ता भएको पनि विज्ञप्तीमा जनाइएको छ ।

    ३७ बर्षीय यामकुमारी हराएको विषयमा निवेदन आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘निवेदन आएको छ, उनले चलाउने मोबाइलको कल डिटेल निकालेर खोजि कार्यलाई निरन्तरता दिएका छौं’–ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हरीहरनाथ योगीले भने ।
    बबई खबर

    Leave a Reply