–बसन्त अनुभव-
काठमाडौं, माघ ८ / बाग्मती प्रदेश सरकारले पर्सि शुक्रबार प्रदेश मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको साेनाम ल्होसार पर्वलाई मध्ये नजर राख्दै यहि माघ १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको मिति २०७६ पौष २७ गते बसेको मन्त्रीपरिषदको बैठकले बागमती प्रदेशमै एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा उक्त दिन विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पौष २९ गते एक सार्वजनिक विदा सम्बन्धि सूचना जारी गर्दै माघ १० गते शुक्रबारका दिन प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको जानकारी दिएको हो ।