माघ साँस्कृतिक महोत्सव सुरु घोराहीमा

  • २६ पुष २०७६, शनिबार ००:२० मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, २५ पुस / दाङ जिल्लाको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०७६ को आज उद्घाटन गरिएको छ ।

    थारु कल्याणकारिणी सभा दाङ देउखरको आयोजनामा संचालन गरिएको महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निस्राउ निकालेर गर्नुभएको हो । महोत्सव चारदिनसम्म चल्ने मुल आयोजक समितिले जनाएको छ ।

    ‘सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव आगामी पौष २८ गतेसम्म चल्नेछ ।

    महोत्सवको पहिलो दिन आज थारु जातीको भेषभुषा, संस्कृति आदि झल्काउने विविध नाच, प्रदर्शनी गरिएको थियो । महोत्सवमा डा.गोविन्द आचार्य, सविन प्रियासन, के एल पीडित लगायतका महानुभावहरुलाई प्रमुख अतिथी एवं प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सम्मान गर्नु भएको थियो ।

    Leave a Reply