भाडा कति हो ….?

  • २ माघ २०७६, बिहीबार ०१:२७ मा प्रकाशित
  • वसन्त अनुभव-

    ‘खै दाजु भाडा मिलाउ त’ कण्डक्टरले भन्यो ।
    ‘कति हो भाइ ? घोराही देखि बाह्रकुने दह सम्मको ।” मैले भने।
    ‘५० रुपैयाँ’ कण्डक्टरले भन्यो ।
    ‘बढी भएन र, बसको भाडा जादा ४० रुपैयाँ र फर्कदा ३५ रुपैयाँ तोकेको होइन र ।’ मैले भने ।
    ‘काँ हुन्छ दाइ ५० नै हो । तेल, मोविलको मूल्य बढ्ने अनि भाडा झन घट्ने हुन्छ ।’ कण्डक्टरले भन्यो ।
    ‘तेल, मोविलको मूल्य कहाँ बढेको छ । भाडा तोकेको त २/३ दिन त भो हैन र ‘ मैले भने ।
    ‘हुन्न ५० नै चाहिन्छ’ कण्डक्टरले भन्यो ।
    मैले झिकेर दिए ।
    यो वार्तालाप घोराही- बाह्रकुने दह रुटमा चल्ने बसको कण्डक्टर र यात्रु बिच हो । जहाँ मैले बाह्र्कुने जादा ५० र फर्कदा पनि ५० नै तिर्नु पर्यो ।
    जिल्ला प्रशासन कार्यालय दाङ्को रोहवरमा यातायात सम्बद सरोकारवालाहरुले गरेको सहमति अनुसार भएको निर्णयको ठाडो उलङ्घन गर्ने गरेको पाइयो, यात्रुहरुलाई ठगी गरेको पाइयो । निर्णय कार्यान्वयन गरे नगरेको अनुगमन गर्ने निकाय कतै भेटिएन ।


    उच्छृङ्गल युवाहरुको जमात हो हल्ला गर्दै हिड्दै केटिहरुलाई जिस्काउने, धक्याउदै हिड्ने, ठूलो आवाज एकप्रकारको बाजा बजाउदै सबैलाई डिष्टर्व गरेको पाइयो । पहिलेको तुलनामा धेरै सुधार गरेको पाइए पनि कमिकमजोरीहरु धेरै देखियो । शौचालय पर्याप्त नहुदा मेला छेउछाउमा फोहोर गरेको पाइयो । मन्दिर ब्यबस्थापन समितीले आगामी दिनमा ठूलो आवाज निकाल्ने उक्त बाजालाई प्रतिबन्ध लगाउने । अनावश्यक होहल्ला गर्दै हिड्ने युवाहरु को गतिबिधी लाई मन्दिर ब्यबस्थापन समिती तथा प्रहरी प्रशासन ले कडाइ का साथ नियन्त्रण गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सकृयतापुर्वक आवगमन, पार्किङ, रुट जस्ता कुरोको व्यवस्थापन गर्न नसकेको देखियो ।

    प्रत्येक वर्ष पौष मसान्त एवं माघे संक्रान्तिका दिन लाग्ने मेला बाह्रकुने दह मेला भब्य रुपमा लाग्ने गर्दछ । बाह्रकुने दह मेला घोराही उपमहानगरपालिका वडा नं. १३ मा पर्दछ । यहाँ लाखौ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । टाढा टाढा बाट यहाँ भक्तालु जनहरु आउने गरेको पाइन्छ ।

    Leave a Reply