‘बिगतका तुलनामा आजका केटाकेटी धेरै जान्ने बुझ्ने त भएका छन तर तिनमा संस्कार बिस्तारै लोप हुँदै गएको छ’ मेयर चौधरी

  • ५ माघ २०७६, आईतवार ००:३३ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही,दाङ ४ माघ / गोरक्ष सिद्धरत्ननाथ मठ, चौघेरामा गाेरखनाथ वैदिक गुरुकुलको आयोजनामा साप्ताहिक रुपमा संचालित बृहत् अभिभावक भेला तथा सत्संग कार्यक्रमको ३५ औ शृङ्खला शनिबार संम्पन्न भएको छ।

    उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनु भएका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मानिसमा संस्कारको ठूलो महत्व रहेको हुन्छ । जति नै विद्वान भएपनी, उच्च शिक्षा हासिल गरेपनी, उसमा संस्कार छैन भने त्यो विद्वताको कुनै अर्थ रहदैन । संस्कारहिन मान्छे स्वार्थी हुन्छ, असल संस्कार भएको मान्छेले मात्र निस्वार्थ ढंगले काम गर्न सक्दछ भन्नुभयो । साथै उहाँले बालबालिकाहरु अलि चंचल प्रवृतिका हुन्छन । विगतका तुलनामा आजका केटाकेटी धेरै अगाडि छन । जन्मेको केही समयमा मोबाइल, फेसबुक आदि चलाउछन, विश्वको जानकारी प्राप्त गर्दछन । तर तिनमा संस्कारको कमि हुँदै गएको छ भन्नुभयो ।

    उहाँले अगाडि भन्नुभयो ” गुरुकुलले संस्कार सिकाउनका लागि जुन कार्यको थालनी गरेको छ साह्रै सह्रानिय छ । सबैले यसको जगेर्ना गर्दै हुर्काउदै लैजानु पर्दछ ।” साथै उहाँले गाेरक्ष सिद्दरत्ननाथ मठमा पूजापाठका कार्यक्रम पनि राखेमा अझ जनमानसकाे संम्पर्कमा जाने र अाम्दानिका बाटा खुल्ने बताउनु भयो। मेयर चौधरीले गुरुकुलको विकासका लागि उप-महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै प्राज्ञीक विद्यार्थी परिषदका विष्णु पंगेनीले गोरखनाथ वैदिक गुरुकुल दाङकै पहिलाे ससक्त गुरुकुलकाे रुपमा देख्न पाउँदा अत्यन्त खुसि लागेकाे बताउनु भयो । साथै उहाँले अावश्यक परे अाफ्नाे संस्थाबाट र व्यक्तिगत रुपमा पनि सहयाेग गर्ने जानकारी दिनुभयो ।

    गाेरक्ष सिद्दरत्ननाथ मठका पीर जी महाराज याेगि देवनाथले नितिशास्त्र, राजनिति शास्त्र,अर्थसास्त्रमा नैतिकता भुलेका कारण समाजमा विकार विकृति उत्पन्न भएकाे धारणा ब्यक्त गर्नुभयो । उक्त अवसरमा गुरुकुलकी प्राचार्य सन्तोषी सुवेदीले वटुक/कन्याहरु मार्फत विविध क्रियाकलाप गराउनु भएको थियो ।

    कार्यक्रममा गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गुरुकुलको सुरुवाती अवस्थाका अनुभव, गर्नुपरेको संघर्ष बारेमा बताउनु भएको थियो । साथै उहाँले गुरुकुलको व्यवस्थापनमा स्थानीय वासीहरुको ठूलो भुमिका रहेको जानकारी दिनुभयो ।

    गुरुकुलका उपाध्यक्ष धनपती शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन गुरुकुलकी सदस्य सुशिला खनालले गर्नुभएको थियो ।

    Leave a Reply