बंगलाचुली गा.पा.द्वारा सहिद तथा घाईते,अपाङ्ग परिवारलाई सम्मान

  • १६ माघ २०७६, बिहीबार २२:१९ मा प्रकाशित
  • -वसन्त अनुभव-
    कमिरेचौर,१७ माघ ।
    दाङको बंगलाचुली गाउँपालिकाले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै विहिवार सहिद दिवस मनाएको छ । साथै गाउँपालिकाले दिवसको अवसर पारेर तत्कालिन जनयुद्धका सहिद परिवार ,घाईते अपाङ्ग परिवारलाई सम्मान समेत गरेको छ ।

    गाउँपालिकाले २६ घर सहिद वरिवार र १६ घर द्वन्द पिडित तथा घाईते अपाङ्गहरुलाई जनही दुईहजार र दोसल्लाह प्रदान गरेर सम्मान गरेको हो ।
    राष्ट्रिय सहिद सप्ताह सहिद सम्मान कार्यक्रम अन्तरगत सहिद दिवस कार्यक्रम सम्पन्न गरिएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता एव दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राधिका परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले सहिदको बलिदानले आज देश संघिय लोकतान्त्रीक गणतन्त्रमा पाहिला टेक्न सफल भएको बताउनु भयो । साथै सहिदका बगाएको रगतकै कारण देशमा नयाँ सविधान बनेर अहिलेको परिवर्तन सम्भव भएको बताउनु भयो । उहाँले देश परिवर्तनका लागि सहिदले बगाएको रगतलाई सदैभ उच्च सम्मान प्रदान गर्दै अघि बढ्ने बताउनु भयो ।

    कार्यक्रममा बेल्ने अन्य वक्ताहरुले सहिदहरुको सपना अनुसार देशमा अहिलेको परिवर्तन आएको चर्चा गर्दै परिवर्तनलाई संस्थागत गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । उनिहरुले देशमा परिवर्तन गर्नकालागि विविभिन्न कालखण्डमा थुप्रैजनाले रगत बगाएको स्मरण गराउँदै सहिदको रगतको अवमुल्यन कसैले पनि गर्न नहुँने बताएका छन् ।

    बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नु भएको थियो ।
    सोसल मिडियामा शेयर

    Leave a Reply