प्रदेश ५ सरकारको निर्णय, माघ १ र २ गते सार्वजनिक विदा

  • २१ पुष २०७६, सोमबार २१:०८ मा प्रकाशित
  • वसन्त अनुभव-
    बुटवल, २१ पौष / गत वर्षझै यस वर्ष पनि प्रदेश नं.५ को सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले माघे सक्रान्तिको अवसरमा २ दिन बिदा दिने निर्णय गरेको हो ।

    साथै मन्त्रिपरिषद बैठकले आगामी फागुन १० देखि १२ सम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सूचना तथा प्रविधि प्रतिष्ठान संगठन संरचना एवं निर्देशक सहित १० जनाको दरवन्दी स्वीकृत गरेको छ ।

    साथै उक्त बैठकबाट प्रदेश पदक नियमावली स्वीकृत, लगायत प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण सम्वन्धिअवधारणापत्र स्वीकृत गरेको जानकारी प्रवक्ता बैजनाथ चौधरीले दिनुभयो । साथै उहाँले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाइएको पनि जानकारी दिनुभयो ।

    Leave a Reply