
–बसन्त अनुभव-
विराटनगर, २९ पौष / माघी पर्वको अवसर पारेर प्रदेश नं.१ सरकारले माघ १ गते विदा दिएको छ । प्रदेश नं.१ सरकारको मन्त्रीपरिषदको बैठक बसि माघ १ गते थारु समुदायको माघी पर्व तथा माघे संक्रान्ती पर्व भएकोले सोको अवसर पारेर प्रदेश अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै गरि विराटनगर महानगरपालिकाले पनि माघ १ गते सार्बजनिक बिदा दिएको छ। महानगरमा आज बसेको बैठकको निर्णय अनुसार माघी पर्वको अवसर पारेर उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बिराटगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेब अधिकारीले जानकारी दिए ।

महानगरद्धारा जारी गरिएको सार्बजनिक सुचनामा विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु एबं नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरुमा सार्बजनिक बिदा गरिएको व्यहोरा उल्लेख गरिएको छ । साथै महानगरद्वारा जारी सूचनामा माघे संक्रान्ती/माघी पर्वको उपलक्ष्यमा सबैमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।