गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल र्याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क वाइक नामक संस्थाको आयोजनामा केबलकारदेखि गोरखा बजारसम्म साइकल र्याली हुन लागेको संयोजक प्रताप न्यौपानेले जानकारी दिए ।
एकिकरणको झल्को दिन र काठमाण्डौको दरवार स्क्वायरसंग गोरखा दरवार जोड्नका लागि ¥यालीको आयोजना गरिएको संयोजक न्यौपानेले बताए ।
झण्डै १५ जनाको टोली पुष २७ गतेका दिन साइकलमा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरवार आउने बताइएको छ ।
साथै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्नमा समेत र्यालीले टेवा दिने आयोजकको विश्वास छ ।
२ जना एक हात नभएका ब्यक्तिहरु समेत र्यालीमा सहभागी हुने न्यौपानेले जानकारी दिए ।
र्यालीमा सहभागी हुन १५ जनाको टोली आजै काठमाण्डौबाट हिडेको समेत उनले बताए । साभार सिभिल खबर