पूर्वराजा ज्ञानेन्द्रले चियाको साढे पाँच करोड कर तिर्न बाँकी

  • १८ पुष २०७६, शुक्रबार ०२:१३ मा प्रकाशित
  • काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले संचालन गरेको दमक स्थित हिमालय–महालक्ष्मी टी गार्डेनले वर्षौ देखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको उक्त टी गार्डेनको नाममा ५ करोड ३० लाख कर बक्यौत छ ।

    मक नगरपालिकाको राजस्व शाखाका अनुसार चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको र उक्त टी गार्डेनको वर्षौ देखिको कर अहिले सम्म तिरेको छैन । धेरै चोटी ताकेता गर्दा पनि संचालन गर्ने ग्रुपले नसुने झैँ गरेर कर नतिरेको राजस्व शाखाले जनाएको छ । पूर्वराज परिवारले २०१८ मा स्थापना गरेको यो चिया बगानले १२ वर्ष देखिको कर तिर्न बाँकी रहेको जनाईएको छ ।

    हिमालय–महालक्ष्मी टी गार्डेन परिसर भित्र पूर्वराज परिवारको लागी ‘मिनी दरबार’ पनि रहेको छ जहाँ हरेक वर्ष पूर्वराजा बस्ने गरि आउने गर्छन । पूर्वराजाका गोप्य वार्ताहरु समेत यहाँ हुने गरेको छ । श्रोतका अनुसार गत बुधबार पनि उनि बगानमा आएका थिए । पूर्वाञ्चल भ्रमणमा आउँदा पूर्व राजा ज्ञानेन्द्र शाह यहि मिनी दरबारमा बस्ने गरेका छन् ।

    दमक नगरपालिकाको मेयर रोमनाथ ओलीका अनुसार पटक पटक ताकेता गर्दा पनि टी गार्डेनले वास्ता नगरेको साथै कर भुक्तानी गर्न पत्र पठाउँदा समेत जवाफ नदिने गरेको उल्लेख गरेका छन् ।

    टी गार्डेनको कार्यालयमा कर तिर्न दबाब दिन जाँदा कर्मचारीहरुले आफुसंग यत्ति ठुलो रकम नभएकाले गर्दा माथि पत्र पठाएको बताएका छन् । बगानका प्रतिनिधिहरु संग समेत नगरपालिकाले छलफल गरेका छन् तर प्रतिनिधिहरुले कृषि छेत्र भएकाले यत्ति धेरै कर तिर्न नपर्ने भन्दै अल्झाएको श्रोतले जनाएको छ ।

    नगरपालिकाको प्रतिनिधिहरुले पूर्वराजा ज्ञानेन्द्र दमकमा रहेको बेला भेटेर कर तिर्न आग्रह समेत गरेका थिए । शाहले कर चाडै नै तिर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जनाईएको छ । तर यो भनेको वर्ष दिन बित्दा अहिले सम्म कर नतिरेको नगरपालिकाले उल्लेख गरेको छ ।

    टी गार्डेनका प्रतिनिधिसंग बुझ्दा भने, “हामीलाई करको हर हिसाब बारे थाहा नहुने भएकाले माथिल्लो तहमा पत्र पठाईसकेका छौ । कर भने १२ वर्ष भन्दा बढिको तिर्न बाँकी रहेको छ । किन नतिरेको वा अटेर गरेको हो कि के हो त्यो हामीलाई जानकारी नहुने कुरा हो” ।

    नगरपालिकाको मेयर भने कर जसरी पनि चुक्ता गराउने पक्षमा रहेको बताएका छन् । पूर्वराजा भएपनि व्यापारको कर भने तिर्न पर्छ र दमक नगरपालिकाले जसरी पनि तिराउने अडिग लिएका छन् । क्यानडानेपाल.कम

    Leave a Reply