पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

  • ३ माघ २०७६, शुक्रबार १२:२८ मा प्रकाशित
  • हिमालयन दृष्टि संवाददाता
    काठमाडाैं, ३ माघ/ बिहिबार देखिको लगातार वर्षातका कारण नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ चारकीलोमा अचानक आज पहिरो खस्दा सडक आंशिक अवरुद्ध भइ एकतर्फी सञ्चालनमा आएको छ ।

    पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आए लगत्तै उक्त पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको तर निरन्तर वर्षातको कारण पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।

    Leave a Reply