नेपालमा क्षेप्यास्त्र प्रणाली नै जडान गर्ने गरेर चीनलाई निशाना बनाउने देखेपछि मैले एमसीसी रोकेको हुँ : महरा

  • ८ माघ २०७६, बुधबार २२:४६ मा प्रकाशित
  • । पहिले हामीले कार्यक्रम सुरु गर्दा ईण्डोप्यासेफिक रणनीति (आइपीएस)को कुरा थिएन । तर, अहिले खतरनाक ढंगले आयो ।’

    ‘होइन, अमेरिकी दूतावासले यो आइपीएसको अंग होइन भनेर औपचारिक रुपमा फेरि पनि भन्यो त !’ प्रतिप्रश्न नसकिँदै फेरि महराले जवाफ दिए, ‘कहाँ भनिएको छ र ? सैन्य गतिविधिसँग जोडिएको छैन मात्रै भनेको छ । हामीभित्र बसेपनि यत्ति कुरा त थाहा हुन्छ नि हौ, ….(महरा फिस्स हाँसे) ।’

    ‘एमसीसी ईण्डो प्यासेफिककै अंग मात्र नभई नेपालमा ईलेक्ट्रिक डिभाइस, क्षेप्यास्त्र प्रणाली नै जडान गर्ने गरेर चीनलाई निशाना बनाउने कुरा आउन थालेपछि रोक्नु पर्ने अवस्था आयो । र, मैले रोकेकै हुँ ।’ तर, प्रधानमन्त्रीले नै आइपीएससँग जोडिएको छैन, यो सहयोग स्वीकार्नुपर्छ भनिरहेको कुरामा भने उनले सीधा जवाफ भने दिएनन् । उनले भने, ‘मैले के भन्नु पर्छ र रावल–गुरुङ्जी (भीम रावल र देव गुरुङ)हरुले भनिरहनु भएको छ त ! हिजो युद्धका लागि प्रयोग भएको पाल्पाको ‘नुवाकोटगढी’ तिर क्रसबोर्डर लाइनु लैजानुलाई कसरी हेर्ने ? तपाईहरु(मिडिया)ले सकारात्मक भूमिका खेल्नुस्, मुलुक अर्कैतिर जाँदै छ !’

    महराले एमसीसीबारे राजनीतिक दलहरु विभाजित भएकोबारे चिन्ता गर्दै मुलुक बचाउन अहिलेको कम्प्याक्ट सम्झौतालाई रोकेर निकै सुझबुझको बाटो अपनाउनु पर्ने बताए ।जनतापाटी.कम बाट

    Leave a Reply