नवनिर्मित तुलसीपुर बसपार्कको उद्घाटन

  • १८ पुष २०७६, शुक्रबार २२:१९ मा प्रकाशित
  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बसपार्कलाई घाटाको व्यापार नबनाउन आग्रह गर्नु भएको छ । नबनिर्मित आधुनिक तुलसीपुर बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले बसपार्कले गरेको आम्दानी बसपार्कमै लगाउने भएकाले व्यवस्थीत रुपले संचालन गर्न आग्रह गर्नुभयो । ‘निर्माण एउटा पक्ष हो । व्यवस्थीत अर्को पक्ष हो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो–‘ चालक, यात्रुलाई समेत आराम गर्ने वातावरण तयार पार्नुहोस ।’ पछिल्लो समय शहरहरु सभ्यता तर्फ प्रवेश गरेको बताउदै अझै पनि सोचेअनुसार शहरको पुर्वाधार बन्न नसकेको बताउनुभयो ।
    सीटको टिकट काटेर यात्रुलाई मुढामा बसाएर यात्रा गराउने प्रवृति अझै पनि केहि ठाउँमा पाइएको बताउदै मुख्यमन्त्री पोखरेलले यसको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो । भौतिक पुर्वाधारका संरचनामा परिवर्तन आए जस्तै सवारी चालक, सहचालकको आनीवानीमा समेत परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    यसैगरी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वसपार्कको पहिलो चरणको काम भएको भन्दै थप काम तत्काल अगाडि वढाउने वताउनुभयो । । वसपार्कबाट कुनै पनि ठाउँको पहिचान हुने भएकाले सबैलाई असल व्यवहार गर्न उहाँले आग्रह गर्नुभयो ।
    सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा निर्माण कम्पनीका गेहेन्द्र गिरी,तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगी, अटो भिलेजका पदम पोख्रेल,वडाध्यक्षहरु विरेन्द्र शाह, नवराज लामिछाने, घनश्याम ढकाल र विजय विक लगायतलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा प्रदेश सांसद विमला वली, धमकली चौधरी, उपप्रमुख माया शर्मा, वडाध्यक्ष वीरेन्द्र शाह,नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष केशवबहादुर भण्डारी, अम्विकेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, नेपाली काँग्रेसका नेता जगत खड्का, माछापुच्छ«े टोलविकास संस्थाका वीरबहादुर वली, लगायतले वसपार्कले तुलसीपुरको पहिचान वढाएको वताएका थिए । सो अवसरमा लोक गायक प्रेमविवश घर्तीले आफनो प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण नगरप्रवक्ता श्याम डाँगीले गरेका थिए ।

    नगर विकास कोषको ऋण सहयोगमा ९ करोड ४९ लाख लागतमा शिवशक्ति कन्स्ट्रक्सनले २ वर्ष लगाएर वसपार्क निर्माण गरेकाृुे हो । पहिलो चरणमा टर्मिनल भवन, व्यापारीक भवन, सार्वजनिक शौचालय, सडक, पार्क, विद्युतिकरण गरेको छ भने अझै निर्माणका काम बाँकी रहेका छन् । ३४ करोड लाग्ने अनुमान सहित २०७०मा बसपार्कको गुरु योजना निर्माण गरिएको थियो । साभार:tulsipurkhabar

    Leave a Reply