नगर स्वास्थ्यकेन्द्रलाई जग्गा दान

  • १८ पुष २०७६, शुक्रबार ०९:१२ मा प्रकाशित
  • वसन्त अनुभव-
    तुलसीपुर, १७ पौष / तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी स्थानीय दानविरद्वय महानन्द घिमिरे र भुप बहादुर वलीले जग्गा दान गर्नुभएको छ ।

    सोही वडामा स्थापित नगर स्वास्थ्यकेन्द्रका लागि उहाँहरुले १५/१५ धुर गरि १ कठ्ठा १० धुर जग्गादान गर्नु भएको हो । दानविरहरुलाई अविर, फूलमाला लगाई दिएर सम्मान गरिएको थियो ।
    सामान्य स्वास्थ्य उपचारका लागि पनि धेरै टाढा पुग्नु पर्ने बाध्यता रहेको अवस्थामा आफ्नै वडामा नगर स्वास्थ्यकेन्द्र स्थापना भएसँगै सामान्य स्वास्थ्य समस्या हुँदा स्थानीयवासीहरु लाभान्वित हुँदै आएका छन ।

    Leave a Reply