–वसन्त अनुभव-
तुलसीपुर, २०७६ माघ १६
उरहरी स्वास्थ्य चौकीको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं.११ मा ‘मधुमेह र उच्च रक्तचाप निदानका लागि नि:शुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । माघ १३ गतेदेखि शुरु भएको शिबिर सोही महिनाको १६ गते सकिएको हो ।
मुलुकमा सर्ने रोग भन्दा पनि नसर्ने रोगको प्रकोप बढ्दै गएको देखिन्छ । त्यसमा पनि मधुमेह, उच्च रक्तचापको प्रकोप बढी नै रहेको छ । समयमै मधुमेह र उच्च रक्तचापको जाँचपड्ताल गरि उपचारको उचित योजना बनाउने उद्देश्यले शिविरको आयोजना गरिएको थियो ।
उक्त नि:शुल्क स्वास्थ्य शिविर यहि माघ १३, १४ र १६ गतेका दिन क्रमशः उरहरी, सुकौरा र बेलटाकुरामा सन्चालन गरिएको थियो । शिविरमा ३५ वर्ष देखि ९८ वर्ष उमेर समुहका ३७७ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो । जसमध्ये उच्च रक्तचाप भएका बिरामी १७८ जना, मधुमेह भएका बिरामी ६८ जना, थाईराइड सम्बन्धि समस्या भई औषधि सेवन गर्ने गरेका बिरामी १० जना पाइएका थिए ।
उरहरी स्वास्थ्यचौकीका प्रमुख चित्र बहादुर ओलीको अध्यक्षता भएको शिविर उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा वडा सदस्य घनश्याम गौतम, वडा सचिब लक्ष्मी राना,११ नं.वडाका जेष्ठ नागरिक उपाध्यक्ष केशब डाँगी र सेवाग्राही एबं शिक्षिका गोमा बालन क्षेत्रीले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन उरहरी स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट यज्ञ बहादुर के.सी.ले गर्नुभएको थियो ।
सोसल मिडियामा शेयर