तामाङ घेदुङले साउदीको दम्माममा सोनाम ल्होछार मनाईने

  • ६ माघ २०७६, सोमबार २२:१६ मा प्रकाशित
  • साउदी अरब/ तामाङ समुदायको  संस्था  नेपाल तामाङ घेदुङको साउदी पूर्वी क्षेत्रिय समन्वय समिति दमामले यहि जनवरी २४ तारिख शुक्रबार दम्माम स्थित पारागन होटेलमा दिनको १२ बजे बाट संचालन हुने गरी “जिवा/नाम्युङ” (मुसा वर्ग) २८५६ औं सोनाम ल्होछार कार्यक्रमका  साथ अधिवेशन गरिने भएको छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिनलाई नयाँ वर्ष अर्थात ल्होछारको रूपमा मनाउँदै आएका छन् भने घेदुङले पहिलो पटक दम्माममा ल्होछार मनाउन लागेको हो।


    नेपाली दुताबासका नियोग उप प्रमुख दिलिप पौडेलको प्रमुख  आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न हुने जानकारी घेदुङले गराएका   छन् । ल्होछार कार्यक्रमलाई सव्य र भव्य बनाउन बृहतरुपमा प्रचार प्रसारको तिब्र  तयारिमा रहेको पनि जानकारी गराएका छन्।उपाध्यक्ष शम्सेर तामाङको संयोजनमा सांस्कृतिक टिम ल्होछार कार्यक्रममा स्थानीय कलाकारहरु दिक्षा थापा, दिव्या थापा, आईशा अर्याल, तपश्या अधिकारी, लाल ब लामा, लक्ष्मी तामाङ ,रोशन तामाङ ,मोनिक तामाङ ,अस्मिता घिसिङ ,राम माया तामाङ ,पुतली तामाङ ,मुना तामाङ ,रन्जु लामा,अस्मिता तामाङ ,मन्जु परियार धन कुमारी पुन मगर ,इस्माईल मिया ,फनिन्द्र कार्की लगायतले प्रस्तुती दिने घेदुङका  उपाध्यक्ष तामाङले जानकारी गराएका छन् ।


    तामाङका अनुसार स्थानीय कलाकारहरुले तामाङ गीत, फाफारे गीत, डम्फू नाच, तामाङ सेलो,म्हेन्दोमाया लगायतमा बेजोड प्रस्तुति दिने भएका छन् । यसै बिच घेदुङ द्वारा “जिवा/नाम्युङ” (मुसा वर्ग) २८५६ सोनाम ल्होछार कार्यक्रम तथा अधिवेशनमा साउदी स्थित संघसंस्थाहरु, बुद्धिजीवी, सामाजिक अभियन्ता , पत्रकार, व्यवसायी लगायत तामाङ तथा गैर तामाङहरुलाई उपस्थित भइ कार्यक्रम भव्य  र सव्य  रुपमा सफल पारिदिन अनुरोध गरेका छन् ।कार्यक्रमको अन्तिम तयारी पनि पूरा हुन लागेको घेदुङ सचिब सुबाश मोक्तानले बताए । सन् २०१९ जुन ६ तारिख गठन भएको तदर्थ समिति साउदी घेदुङ क्षेत्रीय समन्वय समिति दमामले विभिन्न सामाजिक अभियान साथै तामाङ जातीय पहिचान र तामाङ मौलिक संस्कृती उत्थानको लागि पहल गर्दै आईरहेको छ ।

    Leave a Reply