आज २०७६ साल माघ ०१ गते, बुधबार , तदअनुसार १५ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष कृष्ण पञ्चमी, नक्षत्र: उत्तर फल्गुणी , नेपाल संवत: ११४० पोहेलागापञ्चमी , राशी: सिंह
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटैकामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्म कर्ममामन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) निर्णय कार्यान्वयन हुन सक्दैनन् ।आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलोबन्नेछ, सचेत रहनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज अनुहारमा कान्ति र मनमाशान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समयआएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला ।धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचिबढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारीनिकाएको भय रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभवमिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमाधन खर्च हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुनसक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । मठमन्दिरको भ्रमण हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सजिलै अरूको मन जित्न सकिनेछ ।आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मन भावुक बन्न सक्छ ।नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्चहुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीखालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धार्मिक यात्राको योग छ । विपरितवर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाफाइदा हुने योग छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल