आज २०७६ साल पौष २३ गते, बुधबार, तदअनुसार ०८ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल त्रयोदशी , नक्षत्र: रोहिणी, नेपाल संवत: ११४० पोहेलाथ्वत्रयोदशी , राशी: वृष
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभसमाचार आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीकसमयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरकोकारोवारबाट सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) स्वास्थ्यमा समस्या आउनेछ ।अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्मतथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।पुनर्मिलनको योगपनि रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गकालागिपनि श्रेष्ठ समय रहेकोछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँस्रोतहरू पत्ता लाग्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज यात्रामा मालसामान हराउन सक्छ ।गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला, तरसहकर्मीबाट सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाईसंग समय बित्नेछ ।व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) महत्त्वपूर्ण कामको थालनी हुनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।आर्थिक उन्नति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नसोचेको ठाउँबाट धनागमहुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।आर्थिक कारोवारमा सफलता पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नो विचार विपरित निर्णय हुनेछ ।गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ , तर कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।बेलुकीपख भने खर्च बढ्न सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल