
आज २०७६ साल पौष २१ गते, सोमबार , तदअनुसार ०६जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल एकादशी , नक्षत्र: भरणी , नेपाल संवत: ११४० पोहेलाथ्वएकादशी , राशी: मेष
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमीहुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररीविचार पुर्याउनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकासहुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनलेमनमा दुविधा उत्पन्न हुन सक्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रकोभ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्तिर मनमा शान्ति छाउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।प्रेमी र प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । मन खिन्न हुने स्थितिआउनेछ । नियमित खर्चसमेत बढ्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् ।आकस्मिक धनलाभपनि होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोगबाटमिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारकोअवसर मिल्नेछ । सफल यात्रापनि रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बोलीको भरमा कार्य सम्पादन हुनेछ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्नसक्छ । ढिलै भएपनि काम सम्पन्न हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कठोर परिश्रम गर्नुपर्ने समयछ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथाघाँटीमा समस्या आउन सक्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिको विकास हुनेछ ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्तालाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल