
आज २०७६ साल पौष १६ गते, बुधवार, तदअनुसार ०१ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल षष्ठी, नक्षत्र: पूर्व भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्व षष्ठी , राशी: कुम्भ
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाकोकारोबारमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीकोसहयोग मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मानसिक चिन्ता बढेपनि श्रमकोउचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेकोठाउँबाट धनागम हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर भारि र मन अस्थिर रहने संकेतदेखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भनेसहयोग मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक सद्भाव बढ्नेछ ।आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यकोचर्चापनि चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमासहजता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रोसफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनिमुस्किल पर्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज नयाँ कार्यको योजना बन्नेछ ।नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रापनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज घरायसी वातावरणमाकेही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तियसंस्थाबाट सहयोगपनि पाईनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) चिताएको कामले तीव्रता लिनेछ ।कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।पुनर्मिलनको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यकधन खर्च हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल