ट्याक्टर सडकबाट पाँच सय मिटर तल खस्दा एकको मृत्यु

  • १६ पुष २०७६, बुधबार ०९:१२ मा प्रकाशित
  • गएराती दाङ्गमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाईते भएका छन् ।  


    जिल्लाको बबई गाउँ गाउँपालिका–२  रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खस्दा सोही गाउँपालिका ५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकीको  मृत्यु भएको हो ।


    त्यस्तै सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री गम्भीर घाईते भई  थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ  । 
    मृतक बुडाथोकीको  राप्ती प्रादेशिक अस्पतालमाउपचारका क्रममा मृत्यु भएको र उनको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

    रातोपाटी बाट साभार

    Leave a Reply