रुन्टिगढी गाउँपालिकाको आयोजना तथा प्रदेश स्वास्थ्य कार्यालय, रोल्पा को प्राबिधिक सहयोगमा स्वास्थ्यचौकी जौलीपोखरीमा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
रुन्टिगढी गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बुढाका अनुसार पाठेघर खस्ने समस्या, फिस्टुला तथा पाठेघर मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिरमा ११२ जना रोगिहरुको स्वास्थ्य जाँच गरिएको थियो। जसमध्ये १४ जनाको पाठेघर खस्ने समस्या देखियो ।
उक्त शिबिरमा विरामी परिक्षण सेवा, भिडियो एक्सरे सेवा, पाठेघर मुखको क्यान्सर VIA जाँच सेवा ,रिङ्ग पेसरी सेवा, नि:शुल्क औषधि बितरण सेवा आदि समावेश गरिएको थियो। उक्त शिविरमा रोल्पा अस्पतालका डा.अनिल के.सी. द्वारा बिरामीको चेक जाँच गरिएको थियो ।
उक्त शिबिरको उदघाटन रुन्टिगढी गा.पा. अध्यक्ष बालाराम बुढाले ब्यानर पढेर गर्नु भएको थियो।