नेपालमा दश बर्षसम्म जनयुद्ध सञ्चालन गरेको पार्टी तत्कालीन नेकपा माओवादी खुला भएर शान्ति प्रक्रियामा आएको २०६३ सालमा हो, तर सो पार्टीका केही नेताहरुको पहिचान लामो समयसम्म पनि भूमिगत रहेको थियो ।
त्यहीमध्येका एक नेताको नाम हो– जगप्रसाद शर्मा ‘अपार’ शान्ति प्रक्रियासँगै धेरै नेताहरु राज्यको शासकीय पदमा पुगे पनि त्यस्तो पदमा चासो नदिएकाले पनि हुनसक्छ, उहाँको नाम धेरै समयसम्म गुमनाम रह्यो ।
पूर्वी र पश्चिम नेपालदेखि भारतमा समेत बसेर राजनीतिमा खारिएका ‘अपार’ले सार्वजनिक पहिचानमा भने सँधै पर्दा पछाडि रहेर नै काम गर्नुभयो । गत प्रदेशसभा चुनावमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट चुनाव लडेपछि जनस्तरमा सार्वजनिक पहिचान बनाउन थाल्नुभएका उहाँले चुनाव भने जित्न सक्नुभएन ।
केही समयअघि भएको दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख)को उपनिर्वाचनमा चुनाव कमाण्डर बनेर आफ्नो पार्टीका उम्मेदवारलाई भारी मतान्तरले चुनाव जिताएपछि उहाँको राजनीतिक प्रभावको थप चर्चा हुन थाल्यो । अहिले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट उम्मेदवारी दिएपछि बल्ल अपारको शासकीय पदतर्फको यात्रा सोझिएको छ । पहिलोपटक भेट्नेहरु उहाँको राजनीतिक परिपक्वताबाट प्रभावित त हुन्छन् नै तर अपार कुशल संगठक र त्योभन्दा पहिले सैन्य कमाण्डर हो भन्ने कमैले जान्दछन् ।
अपारको पहिलो राजनीतिक यात्रा नै सैन्य कमाण्डरबाट शुरु भएको थियो । त्यसो त उहाँले सैन्य कारवाहीकै क्रममा दुबै आँखा गुमाउनुभयो पनि भयो । साभार दैनिकअनलाइन