गोरखामा विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

  • १२ माघ २०७६, आईतवार १०:०० मा प्रकाशित
  • गोरखामा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका दुइ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गोरखा नगरपालिका–१० विरेन चोकबाट शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–७ घ्याल्चोक ६७ वर्षीय विष्णु प्रसाद रिजाल र सहिद लखन गाउँपालिका–४ ताक्लुङका ४८ वर्षीय रोहित प्रसाद पन्त रहेको एसपी ओम प्रसाद अधिकारीले बताए ।

    रिजाल विप्लप समुहको जिल्ला जनपरिषदका पूर्व अध्यक्ष हुन भने पन्त जिल्ला किसान संघका पूर्व अध्यक्ष हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।अनलाइनगोर्खाबाट

    Leave a Reply