उमेश कुशवाहा बिरगंज माघ,०२
प्रदेश न.२ को बिरगंज महानगरपालिकाको १०कि मी उत्तर तर्फ रहेको बहुदरमाई नगरपालिका -७ छपकैया मा काफला (बिटोर) बाबाको माघ १ गते बजा गाँजाको साथमा टोलको चौकमा काफला बाबाको संयोजक गर्ने बाबा रामबाबू पटेलको हातबाट फीता कटाई स्वागत तथा प्रबेश गराइएको थियो।
प्रबेश गरी सके पछि रघु पटेलको प्राँगणमा रातको समयमा ५ घण्टा पूजा पाठ नाच गाना,कीर्तन भोजन चलेको थियो।
त्यसको बिहान पलट काफला बाबालाई भोजन गराइ पुनः केहि समय नाच गाना कीर्तन भोजन भएको थियो। त्यसपछि दक्षिणा,माला र टिका लगाई बिदाई गरिएको स्थानीय सन्तोष कुशवाहा ले जनकारी गराउनु भयो।
लगभग ५०० को हरहारीमा बाबाहरुको उपस्थित रहेको र पुरै खर्च रम्भू र रघु दुबै दाजु भाईले बेहोर्नु भएको तर स्थानीय गाउले ले धेरै मदत गरेको
बृजकिशोर पटेलले बताए