
उमेश कुशवाहा
फेसबुक,व्हाट्सएप, ट्विटर र मैसेन्जर जस्ता समाजिक संजालहरुबाट Club Factory-Online shopingApps खोली एपलको मोबाइल विक्रि वितरण कार्यमा कम मुल्यमा एपल कम्पनी मोबाईल पठाई तथा अमीरका,कैन्डा र सिंगापुर लगायतका बिभिन्न देशहरुको भिसा समेत मगाइ दिने जस्ता झुठ्ठा आश्वासन दिई सर्ब साधारण जनतालाई प्रलोभनमा पारी बिभिन्न बैंकहरुमा नक्कली नागरिकताको प्रयोग गरी बिभिन्न बैंकहरुमा खाता खोली सोही खाताहरुमा रकम मगाई ठगी गर्ने गरेको भनी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई निजहरुको साथबाट बरामद मोबाईलहरुमा सो ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजातहरु समेत फेला परेको छ। सो सहित बरामद गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको । निम्न ब्यक्तिहरु
जिल्ला.बारा गढीमाई न.पा.वडा नं.३ पिप्राविर्ता घर भई हाल जि.पर्सा बीरगंज म.न.पा.वडा नं.१५ ब्रह्मचोक बस्ने शम्भु सिंह राजपुतको छोरा बर्ष २९ को रोशन सिंह र त्यही
बस्ने निजकै भाई बर्ष २१ को बिशाल सिंह ।
देश भारत कलकत्ता घर भई हाल जिल्ला.पर्सा बि.म.न.पा.वडा नं.१५ बस्ने शम्भु सिहंको घरमा डेरा गरि बस्ने प्रेमान्सु भक्तको छोरा बर्ष २६ को सबिक भक्त ।
जिल्ला पर्सा बि.म.न.पा.वडा नं.१५ ब्रह्मचोक बस्ने अफताब आलमको छोरा बर्ष १८ को फारुख आलम रहेका छन।