शुक्र मोक्तान
रियाद-साउदी, रियाद स्थित नेपाली राजदुताबासको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एनआरएनए एनसिसी साउदीको उपस्थितीमा रियाद क्षेत्रिय समन्वय समिति पुनर्गठन गरिएको छ।१७ जनवरी २०२० शुक्रबारका दिन पुनर्गठित उक्त क्षेत्रिय समन्वय समितीको अध्यक्षमा हेम सुवेदी र महिला उपाध्यक्षमा मेनू सिटौला ओडारी चयन भएको छ भने सचिवमा सुजन शेर राई, कोषाध्यक्षमा विवेक श्रेष्ठ, सहकोषाध्यक्षमा पूर्ण कुमार मगर निर्विरोध चयन भएका छन् भने यसै गरी बाँकी पदाधिकारी उक्त समन्वय समितीको पहिलो बैठकले चयन गर्ने भएको छ।
उक्त कार्यक्रममा गैर आवसिय नेपाली संघ साउदी अरबका संस्थापक महासचिव बिमल गौतम, सदस्य द्वय ओम घले र बिरेन्द्र चौधरी, भू.पू. मध्यपूर्व क्षेत्रिय सह संयोजक राजु सैयद, वर्तमान आईसिसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, २०१९/२०२१ का लागि आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई, उपाध्यक्ष रोशन श्रेष्ठ, उपाध्यक्ष भोलानाथ पौड्याल लगायतका पदाधिकारी, नेपाली जनसंपर्क समितीका सभापती दिपक रेगमी, महासचिव सुरेश राज त्रिपाठी लगायतका पदाधिकारी, प्रवासी नेपाली एकता मंचका संयोजक शिवराज जैशी, महासचिव राजु खनाल लगायतका पदाधिकारीहरू सथै अन्य सामाजीक संस्थाका प्रतिनिधीहरू र पत्रकार तथा मिडिया कर्मिहरूको उपस्थिती रहेको थियो ।