उमेश १४ वर्षपछि माफी पाएर घर फर्के, परिवारमा चल्यो रुवावासी (तस्विर)

  • १३ माघ २०७६, सोमबार २२:३० मा प्रकाशित
  • साउदी अरबमा एक जना पाकिस्तानी नागरिकको हत्याको अभियोगमा मृत्यु दण्ड पाएका धनुषाको कमला नगरपालिकाको वडा नंं ५ घर भएका उमेश यादव आम माफी पाएर आज घर फर्केका छन् ।पाकिस्तानी नागरिकको हत्या भएको अभियोगमा उमेशलाई साउदी अरबको जेलमा रहेका यादवलाई त्याका जुबेल अदालतले २०१८ मईको १५ तारेखमा मृत्यु दण्डको सजाय सुनाएका थिए ।

    मृत्यु दण्डको खबर पाएपछि सामाजिक अभियन्ता सरोज रायले हत्याको कारणका विषयमा अध्ययन गर्दै जादा पाकिस्तानी नागरिकको भूलबस मृत्यु भएको थाहा पाएपछि मृतक पाकिस्तानी नागरिकका परिवारसंग भेटेर ब्लडमनी लिनका लागि आग्रह गर्दा उनले स्वीकार गरेपछि ३० लाख पाकिस्तानी रकम दिएर उमेशलाई मृत्युको मुखवाट जोगाएर १४ वर्ष पछि उमेशलाई घर फर्काएका छन् ।यस कामकाजमा नेपाल सरकार तथा सउदी अरबमा रहेका नेपाली राजदूतावासको पनि महत्वपूर्ण भुमिका रहेको छ । उमेश यादव २००६ देखि नै पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पूर्वपक्षका लागि साउदी अरबको जेलमा रहेका थिए ।

    उमेशले आफ्ना बृद्ध आमा, बुबा, श्रीमति सञ्जु यादव, १७ दिन छोरा हितेश यादव, ४ वर्षको छोरा कमलेश यादवलाई छाडेर परिवार चलाउनका लागि धन कमाउन साउदी अरव गएको बेलामा उनी कामकाज गर्ने कम्पनीमा दुई पक्षका बीचमा भएको झगडामा लडेर घाईते भएका पाकिस्तानी नागरिकको उपचारको क्रममा मृत्यु भएपछि उनलाई साउदी अरबका प्रहरीले पक्राउँ गरेका थिए ।१४ वर्ष पछि घर फर्केका उमेशका श्रीमति, छोरा तथा बृद्ध आमा बुबाको हर्षको सिमा नै रहेको छैन । हर्षका कारणले उनीहरु भावविह्वल बनेर मुख फोरेर रुवाबासी गरेका थिए । श्रीमान् संग सम्पर्क नभएको वर्षौ वित्दा पनि आउने आशमा दुई छोरालाई मजदूरी गरेर पालन पोषण गर्दै आएकी श्रीमतिको तपस्या उमेश घर फर्केपछि पुरा भएको छ ।

    लामो जेल जीवन विताएर घर फर्केका उमेशले पनि आफन्तलाई देखेपछि आफै मुख फोरेर रोएका थिए । उमेशलाई स्वागत गर्नका लागि उनका परिवार सहित ईष्टमित्र, नातामा पर्नेहरु तथा गाउँलेहरु उल्लेख्य संख्यामा जनकपुर विमान स्थलमा पुगेका थिए ।उनले अव स्वदेशमा नै बसेर रोजगारी गरि छोराहरुको पठन पाठन सहित श्रीमतिलाई उचित सम्मान तथा आमा बुबाको सेवा गर्ने बताएका छन् । आफूलाई मृत्युको मुखवाट जोगाएर घर फर्काउने सवै पक्षलाई धन्यवाद दिदै आफूसंगै जेलमा मृत्यु दण्डका सजाय पाएका अरु नेपालीको ज्यान रक्षाका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीसंग आग्रह गरेको बताउनु भयो ।

    उता उमेश यादव गाउँमा पुगेपछि स्थानीय बाँसीले भव्य रुपमा स्वागत गरेका छन् । गाउँलेहरु पनि उमेश आउने आश मारिसकेका थिए । देखेपछि हर्षले विभोर भएका छन् । कालिकान्युज.कम बाट साभार

    Leave a Reply