इरानी मिसाइल हमलाबाट अमेरिकी सैन्य अखडामा क्षति भएको तस्बिर सार्वजनिक

  • २४ पुष २०७६, बिहीबार २३:०८ मा प्रकाशित
  • इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल हमला गरेर क्षति पुर्याएको तस्बिर सार्वजनिक भएको छ । इराकस्थित दुईवटा सैन्य अखडामा २२ वटा मिसाइल बुधबार प्रहार हुँदा अमेरिकी फौज रहेको अखडामा क्षति पुगेको तस्बिर सार्वजनिक भएको हो ।

    सीएनएनले स्याटलाइट र अन्य तस्बिर सार्वजनिक गर्दै क्षतिबारे खुलासा गरेको हो । अल असद र इरबिलस्थित सैन्य अखडामा मिसाइल हमलाले कोही हताहत नभएको अमेरिकी दाबी रहेपनि क्षतिको तस्बिर सार्वजनिक भएपछि विभिन्न आशंका भएको छ ।

    मिसाइल हमलाका क्रममा सैन्य उपकरण, विमान र मानवीय क्षति समेत पुगेको अनुमान गरिएको छ । स्याटलाइट तस्बिरले पुरानो र नयाँ तस्बिर सार्वजनिक गर्दै भौतिक संरचनामा क्षति पुगेको देखाएको छ ।

    इरानी सैन्य कमान्डर कसिम सुलेमानीको गत शुक्रबाट अमेरिकी ड्रोन हमलामा हत्यापछि ईरान-अमेरिका बीच तनाव बढेको छ । यसले मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ ।-एजेन्सी Photo Source: CNN

    sorce Reportsnepal

    Leave a Reply