अबैध बालुवा गिट्टी उत्खनन रोक्न खोज्दा धनुषामा एक युवकको ज्यान गयो

  • २५ पुष २०७६, शुक्रबार २३:११ मा प्रकाशित
  • जनकपुर, २५ पौष / अबैध बालुवा गिट्टी उत्खनन रोक्न जांदा धनुषामा एक यूवामाथि डोजर चढाई हत्या गरिएको छ ।

    धनुषाको मिथिला नगरपालिका, श्रीपुरमा औरही खोलाबाट रातिको समयमा ठेक्केदारले अबैध रुपमा बालुवा गिट्टी उत्खनन रोक्न पुगेका ओम प्रकाश महतोमाथि डोजर चढाएर हत्या गरिएको छ ।

    हत्या पछी डोजर चालक तथा ठेक्केदार फरार भएको ढल्केवर प्रहरीले जनाएको छ । स्थानियहरु हत्याको बिरोधमा उत्रेका छन । उनीहरु प्रदर्शन गर्दै हत्यारालाई कार्वाही र अबैध बालुवा गिट्टी उत्खनन रोक्न मांग गरेका छ्न ।

    मृतक को शवलाई प्रहरीले नियन्त्रणमा लिएका छन । यूवामाथि डोजर चढाएर हय्या गरेपछि ढल्केवर तनाब ग्रस्त छ ।

    प्रहरी प्रशासनकै मिलोमतोमा औरही खोलाबाट बिगत लामो समय देखि अबैध उत्खनन हुंदै आएको स्थानिय श्रवण महतोले बताए ।

    हत्या गरेको यूवकको शवलाई प्रहरीले आबश्यक घट्ना मुचुलुका बिनानै नियन्त्रणमा लिएकाले बाध्य भएर आन्दोलनमा उत्रेको उनले बताए ।

    स्थानियहरुको आरोप छ- ‘ औरही खोलाको अबैध उत्खनन गर्ने ठेक्केदारबाट ढल्केवर ईलाका प्रहरी चौकी, जिल्ला प्रहरी, जिल्ला प्रशासन र नगरपालिकाका पदाधिकारी ले महिनाबारी लिदै आएका छन ।’

    डोजरले किच्चेर मारिएको महतो अबैध उत्खननको बिरोध गर्न उत्खनन स्थलमै पुगेका थिए ।
    साभार:खोजकेन्द्र डटकम

    Leave a Reply