अख्तियारले पस्यो नापी शाखामा घुस रकम सहित सर्वेक्षक अख्तियारको सिकन्जामा

  • २२ पुष २०७६, मंगलवार ०९:३० मा प्रकाशित

  • उमेश कुशवाहा बिरगंज, पौष २१

    दिन प्रति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम लिनेलाई लाई आफ्नो नियन्त्रण मा लिरहेको छ।,तर पनि घुस लिनेमा कमी भएको छैन।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको नापी कार्यालयमा छापामारी गरि सर्वेक्षकलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ ।

    अख्तियारको टोलीले नापी कार्यालयका सर्वेक्षक राम नरेश पासवानलाइ ७५ हजार घुसको रकम सहित पक्राउ गरेको हो । अख्तियारका प्रहरी नायब
    उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको टोलीले वीरगन्ज ९ रानिघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो।
    जागा साबिक गरी पुन नापी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भनी सेवाग्राही सग ७५ हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

    घुससहित पासवानलाइ आवश्यक के
    आयोगको कार्यालय हेटौंडा लैजाने उनले बताए ।
    पक्राउ परेका पासवान मोहतरी जिल्ला मोहतरी नपा.-२ निवासी ५५ बर्षीय थिए।
    एक साता पहिला पनि अख्तियारको टोलीले बिरगंज महानगरपालिकामा छापा मारी एक जनालाई आफ्नो नियन्त्रणमा लिएको थिए।

    Leave a Reply