बालबिकास मा.वि.को बि.व्य.स.अध्यक्षमा डाँगी

  • ३० मंसिर २०७६, सोमबार १८:५८ मा प्रकाशित
  • -वसन्त अनुभव

    घोराही, ३० मंसिर/ दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं.१४ मा अवस्थित वालविकास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा घोराही उपमहानगरपालिका वडा नं.१४ का वडाध्यक्ष शक्तिराम डाँगी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

    डाँगीको अध्यक्षतामा गठित समितीको सदस्यहरुमा दिल कु. बुढा, निर्मल देवकोटा, विनोद रोका मगर, कुमारी पुन, माया बि.क. र नैनसिंह घर्तीमगर रहनुभएको छ। समितिको सदस्य-सचीवमा विद्यालयका प्र.अ. राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।

    उक्त अवसरमा अध्यक्ष डाँगीले विद्यालय सुधारका लागि आफू निरन्तर लागि पर्ने वताउनु भयो । कार्यक्रममा घो.उ.म.न.पा. शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत नारायण पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो भने निबर्तमान अध्यक्ष राधा के.सी.ले अध्यक्ष डाँगीलाई माइन्युट हस्तान्तरण गर्नुभएको थियो ।

    Leave a Reply