८२ जेष्ठ नागरिकले पाए न्यानो कपडा

  • ७ पुष २०७६, सोमबार १९:०२ मा प्रकाशित
  • मेयर नरुलाल चौधरीले जेष्ठनागरिकलाई कम्बल ओढाउदै

    वसन्त अनुभव-
    घोराही, ७ पुस/घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा र फलफुल वितरण गरेको छ । वडा कार्यालयले हिजो एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका ८२ जना जेष्ठ नागरिकहरुलाई न्यानोका लागि ब्लाङकेट प्रदान गरेको हो ।

    चालु आर्थिक बर्षको कार्यक्रम तथा एक लाख रुपैयाँको बजेटबाट उक्त न्यानो कपडा सहित फलफुल प्रदान गरेको हो । वडा अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    घोराही -४ का जेष्ठ नागरिकहरु

    जेष्ठ नागरिकलाई सबैले सम्मान, माया र सद्भाव गर्नुपर्छ भन्ने सन्देश दिन पनि स्थानिय सरकारले जेष्ठ नागरिकलाई न्यानो कपडा, निशुल्क स्वास्थ्य जाँच, मोतिया बिन्दुको अप्रेशन जस्ता कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

    जेष्ठ नागरिकबाट अनुभव, ज्ञान, सिप नयाँ पुस्ताले ग्रहण गरेरै अघि बढ्नु पर्नेमा नगर प्रमुख चौधरीले जोड दिनुभयो । वडा सचिब केशबराज थापाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर सार्कीले जेष्ठ नागरिकको सम्मानले मात्रै नयाँ पुस्ताले सहि बाटो अपनाउने बताउनुभयो ।

    सम्मान पाएका जेष्ठ नागरिकहरुले स्थानिय सरकारले आफुहरुको हेरचाह गरेको भन्दै खुशी व्यक्त गरेका छन् । ९१ बर्षिय जेष्ठ नागरिक मुमाकान्त आचार्यले जनप्रतिनिधीहरु आएपछि घरमै उपचार, न्यानो कपडा बितरण र सडक बिस्तारले आफुहरु निकै खुशी भएको बताउनुभयो ।

    सोसल मिडियामा शेयर

    Leave a Reply