७ हजार घुस सहित घोराहीमा एक प्रहरी पक्राउ

  • २२ मंसिर २०७६, आईतवार २३:०३ मा प्रकाशित
  • वसन्त अनुभव –

    घोराही,२२ मंसिर दाङ जिल्लाको घोराहीमा एक प्रहरी घुस सहित पक्राउ परेका छन । भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको पुर्वसन्ध्यामा ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा कार्यरत प्रहरी नायव निरीक्षक हेमन्त के.सी. ७ हजार घुस लिदा लिदै रंगेहात पक्राउ परेका हुन ।

    सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपी व्यक्तिलाई सामान्य केशमा मुद्दा चलाई कम धरौटीमा छुटाइदिन्छु भनि के.सी.ले घुस लिने क्रममा जिल्ला प्रशासन कार्यालय, घोराही दाङको गेट अगाडीको वली होटेलबाट अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजबाट खटी आएको टोलिले निजलाई पक्रेको थियो ।

    निजलाई नियन्त्रण लिइ सकेकाले थप अनुसन्धान गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल्गन्जका सुचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।

    Leave a Reply