वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेपत्ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यस्तो तथ्यांक छैन ।
प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । त्यही आधारमा ३ सय ८८ नेपाली कामदार हराइरहेको भन्न सकिन्छ । तीमध्ये ७५ महिला छन् ।
समितिको तथ्यांकअनुसार मलेसियामा २ सयजना कामदार हराएका छन् । साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् ।
साभार नयापत्रीकाडेलि न्युज