१३ बर्ष पछि ज्यान मुदामा बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

  • ७ पुष २०७६, सोमबार २१:३६ मा प्रकाशित

  • उमेश कुशवाहा,बिरगंज पूस-०६

    कहिले काही अचम्मको कुरा हरु बाहिर आउछ। १३ बर्षपछि प्रहरीले खोलेयो फ़ाइल जून बेला आरोपी साधारण मान्छे भएको बेला प्रहरीले गर्न नसकेको उपलब्धि “काम” आरोपी वड़ा अध्यक्ष भए पछि प्रहरीले गरियो पक्राउ,
    बारा प्रहरीले बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाललाई “राउत” पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष पाललाई पक्राउ गरिएको बाराका प्रहरी बताए ।
    पाललाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पालले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले टक्कर दिँदा २०६२ साल माघ २८ गते हँसिया देवि चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो ।

    हसिया देविका श्रीमान लखनलाल चौधरीले सवारी ज्यान मुद्दामा दिएको जाहेरीको अधारमा जिल्ला अदालतले पालविरुद्ध सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार जरिवाना असुल उपरपक्राउ पुर्जी जारी गरेको थियो ।
    अदालतले पक्राउ पुर्जी जारी गरेको करिब १३ बर्ष पछि बारा प्रहरीले उनलाइ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय प्रसौनीको गएको टोलिले अध्यक्ष पाललाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

    Leave a Reply