हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच बिशेष सम्झौता |

  • २१ मंसिर २०७६, शनिबार १५:३७ मा प्रकाशित
  • काठ्माण्डौँ – हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच एक अर्काका ग्राहक लाइ बिशेष छुट दिने बारे सम्झौता भएको छ ।
    यही मंसीर २०७६ को दोस्रो साता ब्लुबर्ड मार्ट दरबारमार्गमा भएको सम्झौतामा ब्लुबर्डका तर्फ बाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फ बाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका थिए।

    उक्त सम्झौतामा ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहक लाई समान खरिद गरेबापत बिशेष छुट दिने र हेरचारले ब्लुबर्ड मार्ट संग सम्बन्धित ग्रहाकहरुलाई आफुले दिने सुबिधा बापत लिने सेवा सुल्कमा बिशेष छुट दिने उल्लेख गरिएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताएका छन्।


    हेरचार एक व्यावसायिक सेवा प्रदायक कम्पनि रहेको र हेरचार ले बिगत डेड बर्ष देखि व्यावसायिक घराना तथा आम जनतामा पर्ने समस्या हरु जस्तै बिजुली बत्ति मर्मत, धारा पानी सम्बन्धि मर्मत, काठको फर्निचर मर्मत, रंगरोगन सम्बन्धि, सिसाको काम, अल्मुनियम सम्बन्धि काम साथै घर अफिस सरसफाई लगाएत १२ विभिन्न किसिमका सेवाहरु दिँदै आइरहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताए ।

    हेरचारका प्रबन्धक भट्टराईका अनुसार “समस्या हामीलाई समाधान हजुरलाइ” भन्ने मूल नाराका साथ अगाडी बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा बिशेष ध्यान दिँदै समयमै समाधान गर्दै आएको छ। छोटो समयमै ५०० भन्दा बडी ब्यावासिक घराना तथा ७०० भन्दा बढी आम ग्राहकलाई सेवा दिँदै आएको छ।

    Leave a Reply