सुत्केरीलाई अण्डा र साबुन

  • १ पुष २०७६, मंगलवार २३:३४ मा प्रकाशित
  • वसन्त अनुभव-
    होलेरी,रोल्पा, १ पौष/ सरकारले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेे र प्रसुती गराउने सुत्केरी आमालाई प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको कुरा विदितै छ । जुन बिगत धेरै वर्षदेखि स्वास्थ्यसंस्थाबाट संंचालन हुंदै आइराखेको छ ।

    प्रसुती सम्बन्धि दक्ष एवं तालिम प्राप्त ब्यक्तिबाट मात्र सुत्केरी गराई मातृशिशु मृत्युदर घटाउदै लैजाने रणनीति अनुरुप यस कार्यक्रमको थालनी गरिएको हो । रोल्पा जिल्लाको रुन्टिगढि गाउँपालिकाले सरकार द्वारा दिइदै आएको प्रोत्साहन रकमका अलावा सुत्केरि आमालाई अण्डा र साबुन दिन थालेेेको छ ।

    बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत आज १ पौष २०७६ देखि सबै स्वास्थसस्थामा आएर सुत्केरी हुने महिलालाई यातायात प्रोत्साहन खर्च सहित १ क्यारेट अण्डा तथा बच्चालाई नुहाउने साबुन १ थान प्रदान गरिने सम्बन्धमा प्रा.स्वा.के. होलेरीमा आयोजित उद्घाटन कार्यक्रममा सबैलाई जानकारी गराइएको थियो ।

    उक्त अवसरमा गा.पा.उपाध्यक्ष छमाया पुन तथा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. ले संयुक्त रुपमा एक नव सुत्केरी आमालाई एक क्यारेट अण्डा र बेबि सोप प्रदान गर्नु भएको थियो । साथै सरकारबाट उपलब्ध प्रोत्साहन रकम रु.२८०० समेत निजलाई प्रदान गरिएको थियो । यस कार्यक्रमको संचालन पश्चात् संस्थागत सुत्केरी बढ्ने, पोषण अवस्थामा प्रबर्द्धन हुने तथा संक्रमण रोकथाम गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा गा पा उपाध्यक्ष छमाया पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम., सुआहारा २ का पोषण अधिकृत, बिबेक उप्रेती, स्वास्थ्य संयोजक, लेखा शाखा प्रमुख, (प्रा.स्वा.के)होलेरीका प्रमुख, नर्सिङ स्टाफहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।फोटो: गणेश बुढा

    Leave a Reply